You are viewing the translated version of ( नियम ५ सँग सम्बन्धित).

Schedule 2
( नियम ५ सँग सम्बन्धित)

मन्त्रालयको कार्य विभाजन

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

१. मन्त्रिपरिषद् सम्बन्धी
२. नेपाल सरकारको कार्य विभाजन र कार्यसम्पादन नियमावली तर्जुमा तथा कार्यान्वयन
३. नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्‍चालन
४. नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन
५. नेपाल सरकारका मन्त्रालयको कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वय
६. नेपाल सरकारको अल्पकालीन र दीर्घकालीन नीति, आवधिक योजना र रणनीतिको तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन
७. प्रचलित कानूनबमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखत
८. सङ्‌घीय विधेयक, अध्यादेश, नियम, आदेश, निर्देशिका र कार्यविधिसम्बन्धी
९. मुलुकको राजनीतिक, आर्थिक, सामाजिक अवस्था, पूर्वाधार, राष्ट्रिय सुरक्षा, शान्ति सुव्यवस्था, कूटनीतिक गतिविधि, प्रशासनिक गतिविधिहरूको अद्यावधिक जानकारी प्राप्ति, निर्देशन र समन्वय
१०. शासकीय प्रबन्ध, सुशासन प्रवर्द्धन र प्रशासनिक सुधार
११. द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता, समझदारी र सहमति कार्यान्वयनको अनुगमन
१२. सङ्‌घीय शासन प्रणाली र अन्तरप्रदेशसम्बन्धी कार्य
१३. प्रधानमन्त्रीको सम्पर्क र सञ्‍चार
१४. प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन
१५. मानव अधिकारको संरक्षण, प्रवर्द्धन, समन्वय र प्रतिवेदन
१६. भ्रष्टाचार विरुद्धको नीति, योजना तथा कार्यान्वयन
१७. राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी
१८. संवैधानिक परिषद्
१९.सङ्‌घीय संसद्को अधिवेशन आह्‍वान र अन्त्य
२०. प्रदेश प्रमुखसम्बन्धी
२१. परराष्ट्र तथा सुरक्षा मामिला
२२. अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२३. लोक सेवा आयोग
२४. राष्ट्रिय मानव अधिकार आयोग
२५. महान्यायधिवक्ताको कार्यालय र सरकारी वकिलको सम्पर्क निकाय
२६. राष्ट्रिय योजना आयोग
२७. राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
२८. लगानी बोर्ड
२९. राष्ट्रिय सतर्कता केन्द्र
३०. सार्वजनिक खरिद अनुगमन कार्यालय
३१. नेपाल ट्रष्टको कार्यालय
३२. गरिबी निवारण कोष
३३. राष्ट्रिय अनुसन्धान विभाग
३४. सम्पत्ति शुद्धीकरण विभाग
३५. राजस्व अनुसन्धान विभाग
३६. विषय विज्ञ समूह
३७. राष्ट्रिय तथा अन्तर प्रदेशस्तरीय विकास आयोजनाहरूको नतिजा व्यवस्थापन
३८. प्रदेशका पदाधिकारी तथा कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानून र मापदण्ड
३९. गैरसरकारी संस्थाको नियमनसम्बन्धी मापदण्ड
४०. भ्रष्टाचार निगरानी, नेपाल ट्रष्ट, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, लगानी बोर्ड, गरिबी निवारण कोष, सार्वजनिक खरिद र राष्ट्रिय पुनर्निर्माणसम्बन्धी निकायहरू र सोसम्बन्धी नीति, कानून र मापदण्ड
४१. विपद व्यवस्थापनसम्बन्धी समन्वय
४. प्रधानमन्त्री केन्द्रीय विपद् सहायता कोष सञ्‍चालन
४३. अदालतको फैसला कार्यान्वयन तथा अनुगमन
४४. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय
४५. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान आदिको सञ्‍चालन र नियमन
४६. नेपाल न्याय सेवाको सरकारी वकील समूहको सञ्चालन
४७. प्रधानमन्त्री र मन्त्रिपरिषद्सम्बन्धी अन्य कार्यहरू
४८. अवशिष्ट अधिकारको प्रयोग ।

२. अर्थ मन्त्रालय

१. आर्थिक अवस्थाको विश्‍लेषण, आर्थिक तथा वित्तसम्बन्धी नीतिको तर्जुमा, कार्यान्वयन र नियमन
२ .आर्थिक साधनको बाँडफाँड, कुल राष्ट्रिय लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन
३ .समष्टिगत आर्थिक स्थायित्व, मूल्य स्थिरतासम्बन्धी नीति तर्जुमा, कार्यान्वयन र नियमन
४ .विकास सहायता नीतिको तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन
५ .केन्द्रीय बैङ्क सञ्‍चालन, नियमन र मौद्रिक नीति
६ .बैङ्क तथा वित्तीय संस्थाहरूसम्बन्धी नीति, कानून, समन्वय र नियमन
७ .विदेशी मुद्रा विनिमय तथा नियन्त्रण
८ .आर्थिक तथा सामाजिक विकास र मुद्रा तथा बैंङ्किङ्गसम्बन्धी द्विपक्षीय, बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्पर्क र समन्वयस
९ .वैदेशिक ऋण, अनुदान तथा अन्य द्विपक्षीय र बहुपक्षीय सहायता सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र कार्यान्वयनस
१०. सङ्‌घीय सञ्‍चित कोष वा सङ्‌घीय सरकारी कोष सञ्‍चालन, राजस्व र व्ययको अनुमान, विनियोजन ऐन, पूरक अनुमान, पेस्की खर्च, उधारो खर्च, आकस्मिक कोष र अन्य सरकारी कोष
११. बजेट तर्जुमा, कार्यान्वयन र नियमन
१२ सरकारी जमानत
१३ .संघ, प्रदेश र स्थानीय तहको आन्तरिक र वैदेशिक ऋण एवं अनुदानसम्बन्धी नीति, कानून र नियमन
१४.तलब, भत्ता, उपदान, निवृत्तिभरण लगायतका सेवा सुविधा र आर्थिक दायित्वसम्बन्धी विषय
१५. संघ, प्रदेश र स्थानीय तहको सार्वजनिक पदाधिकारीको सुविधासम्बन्धी नीति, कानून र मापदण्ड
१६ .सरकारी बाँकी रकमको अभिलेखीकरण र असुली
१७ .राजस्वसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, प्रक्षेपण, कार्यान्वयन र नियमन
१८ .राजस्व प्रशासनको सञ्‍चालन र सुदृढीकरण
१९ .सार्वजनिक खर्चसम्बन्धी नीति, कानून, कार्यान्वयन र नियमन
२० .आर्थिक कार्यविधिसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
२१ .मूल्य नीति
२२ .लेखा तथा लेखापरीक्षण प्रणाली
२३ .सरकारी लगानी र लाभांशको लेखा व्यवस्थापन
२४ .संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय हस्तान्तरण सम्बन्धी नीति, कानून, कार्यान्वयन, समन्वय र नियमन
२५ .सङ्‌घीय विनियोजन, राजस्व, विभाज्य कोष, धरौटी, कार्यसञ्‍चालन कोष र अन्य सरकारी कोष तथा सम्पत्ति
२६ .भन्सार, अन्तशुल्क, मूल्य अभिवृद्धि कर, आयकर, राहदानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर एवं अन्य कर तथा गैरकर, सेवाशुल्क दस्तुरलगायतका सेवाशुल्कहरूको लक्ष्य निर्धारण, प्रशासन, सङ्कलन र बाँडफाँड
२७. कर तथा भन्सार राजस्वसम्बन्धी द्विपक्षीय, क्षेत्रीय, बहुपक्षीय समन्वय, सन्धि, सम्झौता, समझदारी, कार्यान्वयन र नियमन
२८. राजस्वसम्बन्धी तथ्याङ्क अभिलेखन र सूचना आदानप्रदान
२९. धितोपत्र तथा कमोडिटी बजारसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
३०.बीमासम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
३१.सं.घ, प्रदेश र स्थानीय तहमा राजस्व र प्राकृतिक स्रोत उपयोग वा लाभको बाँडफाँडसम्बन्धी नीति, कानून, मापदण्ड र कार्यान्वयन
३२राजस्व चुहावट नियन्त्रण
३३.महालेखापरीक्षकको कार्यालय
३४. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
३५ .निक्षेप तथा कर्जा सुरक्षण कोष
३६. सरकारी स्वामित्वमा रहेका संस्थानको नियमन, नियन्त्रण, समन्वय र निर्देशन तथा तलब, भत्ता, बोनस, लगानी र लभांशसम्बन्धी नीति निर्धारण
३७ .राजस्व र आर्थिक प्रशासनसम्बन्धी तालिम, अध्ययन र अनुसन्धान
३८ .कर्मचारी सञ्‍चय कोष
३९ .नागरिक लगानी कोष
४० .अवकाश कोष
४१.सार्वजनिक संस्थानहरू र निजीकरणसम्बन्धी नीति, कानून, मापदण्ड, अनुगमन र नियमन
४२ .मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्‍चालन र नियमन
४३. नेपाल लेखापरीक्षण सेवाको सञ्‍चालन ।

३ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

१. औद्योगिक नीति, कानून, मापदण्ड र नियमन
२. ‍औद्योगिक कोरिडोर, औद्योगिक पार्क वा ग्राम र निर्यात प्रशोधन केन्द्र
३. औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
४. वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
५. उद्योग, औद्योगिक व्यवसाय र कम्पनीसम्बन्धी
६. उद्योग तथा खनिजसम्बन्धी पूर्वाधार नीति, कानून, मापदण्ड, समन्वय र नियमन
७. सुरक्षा संवेदनशील उद्योग दर्ता, सञ्‍चालन अनुमति, खारेजी र नियमन
८. औद्योगिक प्रविधि विकास र हस्तान्तरण
९. अन्तर्राष्ट्रिय औद्योगिक संघ संस्थासँग सम्पर्क र समन्वय
१०. केन्द्रीय कारागार कारखाना
११. करार, साझेदारी र एजेन्सीसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
१२. रुग्ण उद्योग तथा दामासाहीमा परेका उद्योग वा व्यवसायिक फर्म व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
१३. पेटेन्ट, डिजाइन, ट्रेडमार्क, भौगोलिक सङ्‌केत ९जोग्राफिकल इन्डिकेसन० औद्योगिक ‍बौद्धिक सम्पत्तिसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र प्रवर्द्धन एवं सोसम्बन्धी अन्तर्राष्ट्रिय संघ(संस्थासँग सम्पर्क र समन्वय
१४. नापतौल तथा गुणस्तरसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन एवं सोसम्बन्धी अन्तर्राष्ट्रिय निकायसँग सम्पर्क र समन्वय
१५. वस्तु, सेवा, प्रक्रिया र प्रणालीका राष्ट्रिय गुणस्तर निर्धारण, प्रत्यायन ९एक्रिडिटेशन० र प्रत्यायन बोर्ड
१६. खानी तथा खनिजसम्बन्धी राष्ट्रिय नीति, कानून, मापदण्ड र नियमन
१७. रेडियोधर्मी पदार्थ, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास र बहुमूल्य पदार्थ तथा ठूला खानी तथा खनिज पदार्थसम्बन्धी सर्वेक्षण, अन्वेषण र उत्खनन, दर्ता, अनुमति र नियमन
१८. भौगर्भिक अध्ययन तथा अनुसन्धान र नक्सा
१९. खानी तथा खनिजजन्य वस्तुहरूको लगत सङ्कलन तथा अभिलेखन र अनुसन्धान एवं उत्खननसम्बन्धी राष्ट्रिय प्रयोगशालाको स्थापना र सञ्‍चालन
२०. भूकम्पीय अध्ययन एवं अनुसन्धान, भूकम्प निगरानी, भूकम्प मापन केन्द्रहरूको सञ्‍चालन
२१. अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
२२. द्विपक्षीय र अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन तथा सोसम्बन्धी द्विपक्षीय, क्षेत्रीय, उपक्षेत्रीय र बहुपक्षीय वार्ता, सन्धि सम्झौता, कार्यान्वयन र नियमन
२३. राष्ट्रिय, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
२४. विश्‍व व्यापार सङ्गठनलगायत बहुपक्षीय व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय संस्थासँगको सम्पर्क, समन्वय, वार्ता, सम्झौताको कार्यान्वयन र अनुगमन
२५. साफ्टा, बिमस्टेकलगायत क्षेत्रीय र उपक्षेत्रीय व्यापार तथा स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी संस्थासँगको सम्पर्क, समन्वय, वार्ता, सम्झौता, कार्यान्वयन र अनुगमन
२. राष्ट्रिय, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापारिक कारोबारको व्यवस्थापन र नियमन
२७. निकासी प्रवर्द्धन, पैठारी व्यवस्थापन तथा नियमन
२८. राष्ट्रिय, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्याङ्क, अध्ययन, अनुसन्धान र सर्वेक्षण
२९. राष्ट्रिय, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनीको सञ्‍चालन र सहभागिता
३०. व्यापारका लागि सहयोग ९एड फर ट्रेड०
३१. अन्तर्राष्ट्रिय व्यापारका सन्दर्भमा विदेशस्थित नियोगसँग समन्वय
३२. वाणिज्यदूत
३३. अन्तरप्रादेशिक व्यापारसम्बन्धी नीति, कानून, सहजीकरण र नियमनस
३४।. पारवहन, अन्तर्राष्ट्रिय परिवहन व्यवस्था, बहुविधिक ९मल्टिमोडल० ढुवानीसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
३५. सुख्खा बन्दरगाह, अन्तर्राष्ट्रिय कन्टेनर फ्रेट स्टेसन, क्लियरिङ्गरअन्डरटेकिङ्ग सेवा, कार्गो गोदामसम्बन्धी नीति तथा सञ्‍चालनस
३६. अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी फर्म तथा संस्थाहरूको नियमन
३७. राष्ट्रिय, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी भौतिक पूर्वाधारहरूको विकास, विस्तार र सञ्‍चालन
३८. उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
३९. उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
४०. अत्यावश्यक वस्तुहरूको राष्ट्रिय मौज्दात ९बफरस्टक०, सार्वजनिक गोदाम तथा राष्ट्रियस्तरमा अत्यावश्यक वस्तु तथा सेवाको सूचना सङ्कलन, विश्‍लेषण, प्रक्षेपण र आपूर्ति व्यवस्था
४१. पेट्रोलियम पदार्थको पैठारी, प्रशोधन, भण्डारण, गुणस्तर निर्धारण, मूल्य निर्धारण, आपूर्ति, पूर्वाधार विकास र नियमन
४२. आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवर्द्धन र सिन्डिकेट तथा कार्टेलिङ नियन्त्रणसम्बन्धी नीति, कानून र नियमन
४३. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्‍चालन र नियमन
४४. नेपाल इन्जिनियरिङ्ग सेवाअन्तर्गतका माइनिङ्ग इन्जिनियरिङ्ग, केमिकल इन्जिनियरिङ्ग, मेटालर्जिकल इन्जिनियरिङ्ग, मेट्रोलजी, जियोलजी र केमिष्ट्री समूहको सञ्चालन ।

४. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
१. जलस्रोत र ऊर्जाको दिगो विकास, संरक्षण, उपयोग र पानीको बाँडफाँडसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
२. जलस्रोत र ऊर्जा पूर्वाधार संरचना निर्माणसम्बन्धी एकीकृत नीति, कानून, मापदण्ड र नियमन
३. सिँचाइसम्बन्धी एकीकृत नीति, कानून र मापदण्ड
४. नदी बेसिन योजना र जल उपयोगसम्बन्धी गुरुयोजना र नियमन
५. जलस्रोत, ऊर्जा, सिँचाइ र भूमिगत जलस्रोतसम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधि विकास
६. प्रमुख नदीहरूको बहाव क्षेत्र निर्धारण र सो क्षेत्रको जमीनको संरक्षण, व्यवस्थापन र उपयोगसम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
७. जलस्रोतसम्बन्धी वस्तु वा सेवा उपयोगको मापदण्ड र नियमन
८. जलस्रोत, ऊर्जा र सिँचाइ क्षेत्रसँग सम्बन्धित निकायहरूसँगको समन्वय
९. सङ्‌घीय र अन्तरप्रदेशस्तरमा सञ्‍चालन हुने जलस्रोत उपयोगका बहुउद्देश्यीय आयोजनाको पहिचान, अध्ययन, निर्माण र नियमन
१०. सङ्‌घीय र अन्तरप्रादेशिक सिँचाइ र अन्तरप्रदेश जलउत्पन्‍न प्रकोप नियन्त्रण आयोजनाको पहिचान, अध्ययन, निर्माण र नियमन
११. जलस्रोत, ऊर्जा र सिँचाइसम्बन्धी ठूला पूर्वाधार आयोजनाबाट विस्थापितहरूको पुनर्बास र पुनर्स्थापना
१२. सङ्‌घीय र अन्तरप्रदेश सिँचाइ प्रणालीको बाँध, जलाशय, अन्य संरचना, मूल नहरको सञ्‍चालन, मर्मत(सम्भार, व्यवस्थापनसम्बन्धी नीति, मापदण्ड र कार्यान्वयन
१३. प्रदेश सीमा नदीको बाढी र नदी नियन्त्रण कार्यक्रम सञ्‍चालनमा समन्वय र सहयोग
१४. जलस्रोत, ऊर्जा र सिँचाइसम्बन्धी तथ्याङ्क व्यवस्थापन, अध्ययन अनुसन्धान
१५. राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्युत प्रसारण लाइन तथा विस्तार
१६. राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्युत व्यापारसम्बन्धी नीति, कानून, मापदण्ड, सन्धि(सम्झौता, कार्यान्वयन र नियमन
१७. राष्ट्रिय महत्त्वका बहुउद्देशीय जल आयोजना र अन्तर जलाधार स्थानान्तरण
१८. विद्युत सेवाको मापदण्ड, गुणस्तर र महसुलसम्बन्धी नीति र नियमन
१९. विद्युत सेवाको राष्ट्रिय र क्षेत्रीय भार प्रणाली व्यवस्थापन र सञ्‍चालन
२०. नवीकरणीय र वैकल्पिक ऊर्जाको उपयोग, गुणस्तर र मापदण्ड
२१. विद्युत विकासमा लगानी
२२. जल तथा मौसम विज्ञान सेवासम्बन्धी नीति, कानून, मापदण्ड, तथ्याङ्क, योजना, कार्यान्वयन र नियमन
२३. मौसम तथा बाढी पूर्वानुमान
२४. विपद् पूर्व सूचना प्रणालीको विकास तथा सम्प्रेषण
२५. जलवायुसम्बन्धी अध्ययन तथा अनुसन्धान, सूचना आदान प्रदान
२६. जल तथा मौसमी राडार, रेडियोसोन्डे, चट्याङ नेटवर्क, सौर्य विकीरण केन्द्रहरूको व्यवस्थापन र सूचना प्रवाह
२७. हिमनदी तथा हिमताल
२८. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय
२९. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्‍चालन र नियमन
३०. नेपाल इन्जिनियरिङ्ग सेवाअन्तर्गत देहायका समूह, उपसमूहको सञ्चालन स्(
(क) इलेक्ट्रिकल इन्जिनियरिङ्ग समूह
(ख) मेकानिकल इन्जिनियरिङ्ग समूह
(ग) मेटेरियोलजी समूह
(घ) एगृ इरिगेशन इन्जिनियरिङ्ग समूह
(ङ) सिभिल इन्जिनियरिङ्ग समूहको इरिगेशन, हाइड्रो(पावर र हाइड्रोलजी उपसमूह ।

५. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
१. सङ्‌घीय विधेयक, अध्यादेश, नियम, आदेश तथा नेपाल सरकारबाट जारी हुने निर्देशिका, कार्यविधिको तर्जुमा तथा सहमति
२. सङ्‌घीय संसदमा विधेयक प्रस्तुत, फिर्ता, पारित विधेयकको प्रमाणीकरण
३. सरकारी तथा गैरसरकारी विधेयक
४. सार्वजनिक लिखत प्रमाणीकरण
५. सर्वोच्च अदालत, न्याय परिषद्, न्याय सेवा आयोग, उच्च अदालत, जिल्ला अदालत तथा सङ्‌घीय कानूनअन्तर्गत गठित विशिष्टीकृत अदालत र न्यायिक निकाय
६. कानूनी राय तथा परामर्श
७. नेपाल राजपत्रमा प्रकाशन हुने सूचनाको सम्पादन
८. नेपाल सरकार वादी हुने मुद्दा तथा नेपाल सरकारलाई सरोकार पर्ने मुद्दा फिर्ता, मिलापत्र तथा प्रतिरक्षास
९. सन्धि, सम्झौता, समझदारीको अनुमोदन, हस्ताक्षर, सम्मिलन, स्वीकृति वा समर्थन, अन्तर्राष्ट्रिय र अन्तरसरकारी संस्थाको सदस्यता प्राप्ति, अन्तर्राष्ट्रिय कानूनी दायित्व र अन्तर्राष्ट्रिय सम्मेलन र वार्तामा अन्तर्राष्ट्रिय कानूनको विषयमा अपनाउनुपर्ने दृष्टिकोणमा परामर्शस
१०. अन्तर्राष्ट्रिय कानूनी विवाद
११. राष्ट्रिय न्याय प्रणाली, न्याय प्रशासन तथा अन्तर्राष्ट्रिय कानूनसम्बन्धी अध्ययन, अनुसन्धान
१२. अन्तर्राष्ट्रिय करार तथा अन्य लिखतको मस्यौदा र सोसम्बन्धी परामर्श
१३. पारस्परिक कानूनी सहायता
१४. सरकारी आश्‍वासन तथा सङ्कल्प प्रस्ताव
१५. फौजदारी तथा देवानी कानून निर्माण, अनुसन्धान तथा पुनरावलोकन
१६. सङ्‌घीय कानूनको प्रकाशन तथा वितरण
१७. प्रदेश र स्थानीय तहको लागि नमुना कानूनको मस्यौदा र समन्वय
१८. मानव अधिकार र मानवीय कानून
१९. न्यायमा पहुँच र निशुल्क कानूनी सहायता, विवाद समाधानका वैकल्पिक उपाय, मेलमिलाप
२०. कानून व्यवसायी परिषद्
२१. नोटरी पब्लिक तथा नोटरी पब्लिक परिषद्
२२. नेपाल सरकारलाई आवश्यक पर्ने कानून तथा कानूनी लिखत र सन्धिको अनुवाद
२३. नेपाल पक्ष भएका सन्धिको केन्द्रीय अभिलेखीकरण
२४. कानूनको एकीकरण र संहिताकरण
२५. अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको प्रकाशन
२६. सङ्‌घीय संसद कार्यसञ्‍चालन तथा सम्पर्क
२७. नेपाल कानून आयोग, राष्ट्रिय न्यायिक प्रतिष्ठान, न्यायिक जाँचबुझ आयोग
२८. सत्य निरुपण तथा मेलमिलाप आयोग
२९. वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
३०. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय
३१. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, समिति, प्रतिष्ठान आदिको सञ्‍चालन र नियमन
३२. नेपाल न्याय सेवाको न्याय समूह र कानून समूहको सञ्चालन ।

६. कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
१. कृषि तथा कृषिजन्य जैविक विविधता र जैविक प्रविधिसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
२. खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य सम्प्रभुता, खाद्यपदार्थको गुणस्तर तथा खाद्य स्वच्छतासम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
३. कृषि तथा पशुपन्छीजन्य औषधी, सूक्ष्मपोषण तत्त्व र जैविक विषादी, रासायनिक विषादीको उपयोग र व्यवस्थापनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
४. खाद्य क्वारेन्टाइन, पशु तथा वनस्पतिजन्य क्वारेन्टाइनसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमनस
५. विषादीको स्तरीकरण, सूचना सङ्कलन, वर्गीकरण, सूचना प्रवाह र नियमनस
६. कृषिसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार सहजीकरणस
७. कृषि तथ्याङ्क प्रणाली, अनुसन्धान, स्रोत संरक्षण, विकास र विस्तारस
८. कृषि तथा खाद्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रत्यायन, प्रमाणीकरण, प्रयोगशाला विकास र व्यवस्थापनस
९. रासायनिक तथा जैविक मल उत्पादन, आयात तथा प्रयोगसम्बन्धी नीति, कानून, मापदण्ड, गुणस्तर निर्धारण, समन्वय र नियमनस
१०. कृषि, मत्स्य तथा पशुपन्छीजन्य महामारी नियन्त्रणस
११. कृषि औद्योगिकीकरण, मत्स्य, पशुपन्छी उद्योग व्यवसायको अन्तर प्रादेशिक विकास, प्रवर्द्धन र समन्वयस
१२. बिउबिजन एवं नस्लसम्बन्धी राष्ट्रिय गुणस्तर निर्धारण र नियमनस
१३. अन्तरदेशीय चरन तथा खर्कसम्बन्धी नीति, कानून र नियमनस
१४. पशुपन्छीजन्य औषधी र दानाको नीति, कानून, मापदण्ड, गुणस्तर निर्धारण, आयात अनुमति र नियमनस
१५. पशुचिकित्सासम्बन्धी राष्ट्रिय नीति, कानून, मापदण्ड र व्यवस्थापनस
१६. पशुचिकित्सकको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमनस
१७. दुग्ध र दुग्ध पदार्थबाट बनेका वस्तुहरूको अनुसन्धान र विकासस
१८. मासु तथा मासुजन्य पदार्थ र पशु छाला तथा अन्य पदार्थसम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
१९. कृषि तथा पशुपन्छी बीमासम्बन्धी नीति र मापदण्डस
२०. पशुसेवासम्बन्धी प्रयोगशालाको सम्बद्धतास
२१. भूमिनीति, भू(उपयोग नीति, कानून, मापदण्ड र नियमनस
२२. अन्तर्राष्ट्रिय सीमाको नक्साङ्‌कन, अभिलेखस
२३. सीमा स्तम्भहरूको निर्माण, मर्मत सम्भार तथा अभिलेख व्यवस्थापनस
२४. भूमिको उपयोग, क्षमता र उपयुक्तताको नक्साङ्कनस
२५. पुनर्बाससम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
२६. निजी, सरकारी, गुठी, सामुदायिक तथा सार्वजनिक जग्गाको राष्ट्रिय अभिलेख व्यवस्थापनस
२७. सरकारी, सार्वजनिक, गुठी, सामुदायिक तथा पर्ती जग्गाको संरक्षणस
२८. भूमिसुधार तथा व्यवस्थापनस
२९. राष्ट्रिय भू(सूचना प्रणाली र भौगोलिक सूचना पूर्वाधारस
३०. भूमिहीन, दलित, मुक्तकमैया, हलिया, हरवा, चरवाको पुनर्स्थापनासम्बन्धी नीति र मापदण्डस
३१. जग्गाको हक हस्तान्तरणसम्बन्धी मापदण्डस
३२. जग्गाको नाप नक्साको आधारभूत नियन्त्रण विन्दु र सञ्‍जालस
३३. जियोडेटिक र स्थलरूप नाप नक्सास
३४. प्रदेश र स्थानीय तहको सीमाको नक्साङ्‌कन र अभिलेखस
३५. सर्भे लाइसेन्सस
३६. सहकारीसम्बन्धी राष्ट्रिय नीति, कानून र मापदण्डस
३७. सहकारी बैङ्कसम्बन्धीस
३८. सहकारीसम्बन्धी राष्ट्रिय तथ्याङ्क व्यवस्थापन, अध्ययन, अनुसन्धान र अनुगमनस
३९. सहकारीसम्बन्धी राष्ट्रिय संघ संस्थासँग सम्बन्ध र अन्तर प्रादेशिक समन्वयस
४०. सहकारीमार्फत हुने बचत तथा ऋण परिचालनसम्बन्धी मापदण्ड र नियमनस
४१. गरिबी निवारणसम्बन्धीस
४२. राष्ट्रिय किसान आयोगस
४३. नेपाल कृषि अनुसन्धान परिषद्स
४४. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वयस
४५. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्रतिष्ठान, कम्पनी आदिको सञ्‍चालन र नियमनस
४६. नेपाल कृषि सेवा र नेपाल इन्जिनियरिङ्ग सेवाको सर्भे समूहको सञ्चालन ।

७। खानेपानी मन्त्रालय
१। खानेपानी र सरसफाइसम्बन्धी नीति, कानून र मापदण्डस
२। राष्ट्रियस्तरका ठूला खानेपानी आयोजना र अन्तर प्रदेश खानेपानी आयोजनास
३। राष्ट्रियस्तरका प्रशोधनसहितका बृहत ढल र अन्तर प्रदेश ढल प्रशोधनसहितका आयोजनाहरूको पहिचान, निर्माण र नियमनस
४। मन्त्रालयसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वयस
५। मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, प्रतिष्ठान, कम्पनी आदिको सञ्‍चालन र नियमनस
६। नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल इन्जिनियरिङ्ग समूहको स्यानिटरी उपसमूहको सञ्चालन ।

८। गृह मन्त्रालय
१। आन्तरिक सुरक्षा तथा शान्ति सुव्यवस्थासम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमनस
२। विशिष्ट व्यक्ति, महत्त्वपूर्ण स्थल, भवन, संरचना, कूटनीतिक नियोग र लोकमार्गको सुरक्षासम्बन्धी सूचना सङ्कलन, विश्‍लेषण, उपयोग, समन्वय र सुरक्षा प्रबन्धस
३। संघ र प्रदेश प्रहरीसम्बन्धी कानून, सुपरीवेक्षण र समन्वयस
४। अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
५। अपराध अनुसन्धान र अपराध अनुसन्धानको अभिलेखस
६। अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय, क्षेत्रीय समन्वय तथा सहयोगस
७। सुपुर्दगीसम्बन्धी कानून, सन्धि, सम्झौता र कार्यान्वयनस
८। नागरिकतासम्बन्धी नीति, कानून, कार्यान्वयन र नियमनस
९। पारिवारिक मामिला ९विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, लोपोन्मुख, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार० सम्बन्धी कानूनस
१०। उमेर, नाम र जात सच्याउनेसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमनस
११। हातहतियार, खरखजाना तथा बिस्फोटक पदार्थको प्रयोगसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, नियन्त्रण र नियमनस
१२। यातना पीडितसम्बन्धी नीति, कानून, मापदण्ड, समन्वय र नियमनस
१३। निवारक नजरबन्द, कारागार तथा हिरासत व्यवस्थापनसम्बन्धी नीति, कानून र मापदण्डस
१४। अभियुक्त, थुनुवा र कैदी अन्तरप्रदेश स्थानान्तरणसम्बन्धीस
१५। शरणार्थी मामिलासम्बन्धी नीति, कानून र व्यवस्थापनस
१६। सम्पत्ति प्राप्ति, जग्गा प्राप्ति, अधिग्रहण र मुआब्जासम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
१७। चिट्ठा तथा जुवा नियन्त्रणसम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
१८। विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमनस
१९। राष्ट्रिय विपद् कोष स्थापना र सञ्‍चालन तथा प्रादेशिक विपद् कोषमा सहयोग र समन्वयस
२०। सजाय, माफी, मुल्तबी र परिवर्तनस
२१। निर्वाचन तथा जनमत सङ्ग्रहस
२२। सार्वजनिक विदा, उत्सव, उर्दी आदिको व्यवस्थापनस
२३। इन्टरपोल तथा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनहरूसँगको सम्पर्क र समन्वयस
२४। मानव अधिकार र नागरिक स्वतन्त्रताको संरक्षण तथा प्रवर्द्धनस
२५। अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहयोग र समन्वयस
२६। अन्तर्राष्ट्रिय सीमा, सीमास्तम्भको सुरक्षा, सीमा प्रशासन तथा अन्तर्राष्ट्रिय सिमानाको सुरक्षास
२७। सशस्त्र विद्रोह, आर्थिक तथा सङ्गठित अपराध, आतङ्ककारी क्रियाकलाप एवं अवैध संघसंस्थाहरूको गतिविधि नियन्त्रण र बारुदी सुरुङ्गको निवारणस
२८। सार्वजनिक चासो र महत्त्वका सूचना सङ्कलन, आदानप्रदान, विश्‍लेषण, उपयोग र संरक्षणस
२९। राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमनस
३०। विदेशी नागरिकको प्रवेश, उपस्थिति, गतिविधि तथा प्रस्थानको व्यवस्थापन, नियमन, नियन्त्रण र अभिलेखीकरणस
३१। अध्यागमनस
३२। अत्यावश्यक वस्तु वा सेवाको आपूर्ति समन्वयस
३३। उपाधि, सम्मान तथा विभूषण र सुशोभनस
३४। द्वन्द्व पीडित तथा विस्थापित व्यक्तिहरूको राहत तथा पुर्नस्थापनास
३५। आर्थिक सहायतास
३६। लागू औषध नियन्त्रणस
३७। धार्मिक विषय, तीर्थस्थान र तीर्थयात्रीस
३८। कल्याण धन र बेवारिसी धनस
३९। सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराधको नियन्त्रणस
४०। सार्वजनिक चन्दा सङ्कलन नियमन र नियन्त्रणस
४१। गृह प्रशासन ९कारागार, शान्ति सुव्यवस्था, लागू औषध, प्रकोप व्यवस्थापन, सुपुर्दगीलगायत० विषयक राष्ट्रिय अन्तर्राष्ट्रिय समन्वय र सम्पर्कस
४२। निर्वाचन आयोगस
४३। नेपाल प्रहरीस
४४। सशस्त्र प्रहरी बल, नेपालस
४५। प्रहरी कल्याणस
४६। प्रहरी किताबखानास
४७। सार्वजनिक विषयसँग सम्बन्धित विवाद, घटनाको जाँचबुझ र अनुसन्धानस
४८। सवारी नियन्त्रण तथा सरकारी सवारी साधनको व्यवस्थापन र समन्वयस
४९। मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वयस
५०। मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान आदिको सञ्‍चालन र नियमनस
५१। अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका विषय ।

९। परराष्ट्र मन्त्रालय
१। नेपालको परराष्ट्र नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र मूल्याङ्कनस
२। विदेशी राष्ट्रहरू तथा संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय, क्षेत्रीय सङ्गठनहरूसँगको सम्बन्धस
३। नेपालस्थित विदेशी नियोगहरूसँग सम्बन्ध, समन्वय एवं विदेशमा नेपालको कूटनीतिक प्रतिनिधित्वस
४। नेपालको अन्तर्राष्ट्रिय सीमा(सम्बन्धस
५। विदेशमा नेपालको प्रतिनिधित्वस
६। अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा अभिवृद्धिस
७। नेपाल तथा अन्य देशका नागरिकको आ(आफ्नो सरकारबाट व्यक्ति माथिको दाबास
८। कन्सुलर प्राक्टिस र कन्सुलर सेवास
९। विदेशमा रहेका नेपाली नागरिकहरूको अभिलेख तथा तिनीहरूको हक, हित, उद्धार र संरक्षणस
१०। अतिथि सत्कार, शिष्टाचार र ओहदाको प्रमाणपत्रस
११। अधिकारपत्र ९क्रेडेन्सियल०स
१२। आर्थिक तथा विकास कूटनीतिस
१३। विदेशी राज्य र कूटनीतिक प्रतिनिधिको सुविधा तथा उन्मुक्तिस
१४। गैरआवासीय नेपालीस
१५। परराष्ट्र मामिला सम्बन्धमा प्रदेशहरूसँग सम्पर्क र समन्वयस
१६। कूटनीतिक आचारसंहितास
१७। अन्तर्राष्ट्रिय तहमा जनस्तरीय एवं गैरसरकारी संस्थास्तरीय सम्बन्धको विकासस
१८। राहदानी, विदेशमा दिइने भिसास
१९। कूटनीतिक तहमा हुने वार्ता, सम्झौता र सन्धिस
२०। विषयगत मन्त्रालयबाट हुने वार्ता, सम्झौता, सन्धि, समझदारीमा सहमति र समन्वयस
२१। मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्‍चालन र नियमनस
२२। नेपाल परराष्ट्र सेवाको सञ्‍चालन ।

१०। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१। राष्ट्रिय यातायात विकास र व्यवस्थापनसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमनस
२। राष्ट्रिय यातायात पूर्वाधार सञ्‍जाल र अन्तरप्रादेशिक यातायात विकासको अन्तरसम्बन्धस
३। वातावरण, अपाङ्गता र लैङ्गिकमैत्री तथा विपद् जोखिम संवेदनशील यातायात प्रविधिको प्रवर्द्धनस
४। राष्ट्रिय रेलमार्ग, सहरी मेट्रो रेललगायत रेल प्रणाली, रेल सुरक्षा प्रणालीसम्बन्धी नीति, कानून र मापदण्डस
५। राष्ट्रिय तथा अन्तरदेशीय रेल सेवा सञ्‍चालनस
६। रेलसेवा भाडादर तथा महसुल निर्धारणको मापदण्ड र नियमनस
७। राष्ट्रिय लोकमार्गसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमनस
८। राष्ट्रिय लोकमार्गअन्तर्गतका आयोजना पहिचान, अध्ययन, निर्माण, मर्मत सम्भार, महसुल र व्यवस्थापनस
९। राष्ट्रिय लोकमार्गमा फ्रन्टल एक्सेस नियन्त्रण, शाखा सडकको पहुँच विन्दु र सडक सीमाक्षेत्रको व्यवस्थापन र नियमनस
१०। राष्ट्रिय लोकमार्गसम्बन्धी तथ्याङ्क सङ्कलन, अभिलेखीकरण र सूचना प्रवाहस
११। सडक प्रविधिको विकाससम्बन्धी अध्ययन र अनुसन्धानस
१२। सडक तथा अन्य वैकल्पिक यातायात प्रविधि, लगानी र अन्तर्देशीय यात्रुबाहक यातायात सेवा सञ्‍चालनस
१३। राष्ट्रिय लोकमार्गमा सञ्‍चालन हुने सार्वजनिक यातायातको रुट अनुमति, भाडा निर्धारण र नियमनस
१४। सवारी साधनहरूको राष्ट्रिय मापदण्ड निर्धारण¸ नियन्त्रण तथा विस्थापनस
१५। सडक सुरक्षासम्बन्धी नीति, कानून, मापदण्ड, समन्वय र नियमनस
१६। पोड वे, स्काई रेल, स्काई ट्रलिबस, जलमार्गलगायत वैकल्पिक यातायातसम्बन्धी नवीन प्रविधिको पहिचान, अध्ययन, नीति, कानून; मापदण्ड, कार्यान्वयन र नियमन,
१७। राष्ट्रिय महत्त्वका वैकल्पिक यातायातका आयोजना पहिचान, अध्ययन र विकासस
१८। आधारभूत यातायात नीति र मापदण्डस
१९। मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वयस
२०। मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्‍चालन र नियमनस
२१। नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल इन्जिनियरिङ्ग समूहको हाइवे र रेल्वे उपसमूहको सञ्चालन ।

११। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
१। महिला हक एवं सशक्तिकरणसम्बन्धी नीति, कानून र मापदण्डस
२। अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्रीस
३। महिला हिंसा, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणस
४। जेष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिसम्बन्धीस
५। महिला सशक्तिकरण तथा लैङ्गिक समानताका विषयमा अध्ययन, अनुसन्धानस
६। लैङ्गिक हिंसासम्बन्धी निरोधात्मक र पुनर्स्थापनासम्बन्धी नीति, कानून र मापदण्डस
७। बालबालिका, बालकल्याण, उद्धार, पुनर्स्थापना र बृद्धाश्रमसम्बन्धी नीति, कानून, र मापदण्डस
८। गैरसरकारी संस्थासम्बन्धी नीति, कानून, मापदण्ड, नियमन र अनुगमनस
९। राष्ट्रिय महिला आयोगस
१०। समाज कल्याण परिषद्स
११। मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वयस
१२। मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्‍चालन र नियमन ।

१२। युवा तथा खेलकुद मन्त्रालय
१। युवा, खेलकुद र स्काउटसम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
२। राष्ट्रियस्तरका खेलकुद संघसंस्थाको नियमन र समन्वयस
३। राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रियस्तरमा खेलकुद विकास र प्रवर्द्धनस
४। राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना र सहभागितास
५। युवा जागरण तथा विकासस
६। राष्ट्रिय खेलकुद परिषद्स
७। युवा स्वरोजगार कोषस
८। मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वयस
९। मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्‍चालन र नियमन ।

१३। रक्षा मन्त्रालय
१। राष्ट्रिय सुरक्षासम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमनस
२। राष्ट्रिय तथा रणनीतिक सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्‍लेषण, सञ्‍चार प्रणाली एवं सञ्जाल स्थापना, सञ्‍चालन र व्यवस्थापनस
३। राष्ट्रिय सुरक्षा परिषद् र सुरक्षा क्षेत्र सुधारस
४। अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा समन्वयस
५। सीमाक्षेत्रसम्बन्धी सूचना सङ्कलन¸ विश्‍लेषण तथा उपयोगस
६। नेपाली सेना गठन तथा परिचालनसम्बन्धी नीति, रणनीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, नियन्त्रण र नियमनस
७। सैनिक व्यारेक तथा कार्यालय व्यवस्थापनस
८। सैनिक अधिकृत तथा जवानको अनुशासन, सेवाका सर्त, सैनिक तालिम तथा सुविधास
९। सैनिक प्रतिष्ठापन ९इन्स्टलेसन० र सञ्‍चार तथा यातायातस
१०। हातहतियार, खरखजाना तथा विस्फोटक पदार्थ र असबाब उत्पादन र प्रयोग, सोसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, नियन्त्रण तथा सिलखानास
११। सैनिक भण्डारस
१२। सैनिक हातहतियार तथा सामग्री खरिद र उत्पादनस
१३। नेपाली सैनिक विमान सेवास
१४। सैनिक गुप्तचर विभागस
१५। सैनिक निर्माणशालास
१६। बारुदी सुरुङ्ग निष्प्रभावीकरण सम्बन्धी नीति, कार्यान्वयन र समन्वयस
१७। राष्ट्रिय सेवा दलको सङ्गठन, तालिम र प्रशासनस
१८। विकास कार्य र विपद् उद्धार कार्यमा सहयोगस
१९। सैनिक अस्पताल, सैनिक कल्याण र सैनिक कल्याणकारी योजनास
२०। राष्ट्रिय निकुञ्‍ज, वन्यजन्तु आरक्ष र महत्त्वपूर्ण राष्ट्रिय सम्पदा तथा स्मारकको सुरक्षास
२१। अन्तर्राष्ट्रिय शान्ति प्रवर्द्धनमा सहयोगस
२२। मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय ।

१४। वन तथा वातावरण मन्त्रालय
१। राष्ट्रिय वनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
२। राष्ट्रिय वनको सर्वेक्षण, वर्गीकरण, नाप नक्सा र सीमाङ्कनस
३। निजी वन, सार्वजनिक वन, सरकारी वन, धार्मिक वन, सामुदायिक वन, साझेदारी वन, कबुलियती वन, चक्ला वनसम्बन्धी नीति, कानून र मापदण्डस
४। वन्यजन्तु र चराचुरुङ्गीसम्बन्धी नीति, कानून र मापदण्डस
५। राष्ट्रिय निकुञ्‍ज, वन्यजन्तु आरक्ष तथा सिकार आरक्ष र सीमसार क्षेत्रसम्बन्धी नीति, कानून, मापदण्ड, योजना तथा कार्यान्वयनस
६। हात्तीसारस
७। प्राणीउद्यान ९चिडियाखाना० सम्बन्धी नीति, कानून र मापदण्डस
८। मध्यवर्ती क्षेत्र तथा संरक्षण क्षेत्र व्यवस्थापनसम्बन्धी नीति र मापदण्डस
९। जैविक विविधता, प्राकृतिक वातावरण संरक्षण, सदुपयोग र स्रोतको व्यवस्थापनस
१०। वन्यजन्तु, जैविक विविधता र वन पैदावार ओसारपसार एवं अपराध नियन्त्रणसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमनस
११। वन क्षेत्र अतिक्रमण र वन क्षेत्रको भू(उपयोगको परिवर्तनस
१२। वनस्पति उद्यान र वनस्पति पहिचान तथा अभिलेखीकरणसम्बन्धी नीति, कानून र मापदण्डस
१३। हर्वेरियम व्यवस्थापनस
१४। वनस्पतिहरूको रासायनिक गुणहरूको परीक्षण, प्रयोगशाला, प्रत्यायन, प्रमाणीकरण र गुणस्तरस
१५। आनुवांशिक स्रोत, दुर्लभ तथा लोपोन्मुख प्रजाति र आयातित प्रजातिस
१६। वातावरण, जलवायु परिवर्तन, जलवायु परिवर्तन अनुकूलन, न्यूनीकरणसम्बन्धी नीति, कानून र मापदण्डस
१७। कार्बन सेवा र कार्बन सञ्चितिस
१८। अन्तर प्रादेशिक जङ्‍गल, हिमाल, वन, संरक्षण क्षेत्र, जैविक विविधता तथा भू(जलाधार क्षेत्रको संरक्षण, सम्बर्द्धन र व्यवस्थापनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
१९। अन्तरदेशीय वन तथा वन्यजन्तुसम्बन्धी विषयस
२०। वन, वनस्पति, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी अध्ययन अनुसन्धानस
२१। प्राकृतिक नदी नाला, ताल तलैया, पोखरी, सीमसार एवं जलाधार क्षेत्रको वातावरणीय संरक्षण एवं स्वच्छता कायमसम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
२२। वायु र वायुमण्डलको गुणस्तर, मापदण्ड, अनुगमन र लेखाजोखास
२३। हरित अर्थतन्त्रसम्बन्धी नीति र मापदण्डस
२४। विकीरण, जल, ठोस, तापीय, नाभकीय, विद्युतीय, चुम्बकीय, रसायन, ध्वनिलगायतका प्रदूषण नियन्त्रणस
२५। हरितगृह ग्यासको मापदण्ड र नियमनस
२६। राष्ट्रियस्तरमा वातावरणीय सूचना प्रणालीस
२७। वातावरणीय प्रभाव अध्ययनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
२८। राष्ट्रपति चुरे तरार्इ मधेश संरक्षण विकास समिति, राष्ट्रिय प्रकृति संरक्षण कोषस
२९। सशस्त्र वन रक्षकस
३०। मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वयस
३१। मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्‍चालन र नियमनस
३२। नेपाल वन सेवाको सञ्चालन ।

१५। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
१। शिक्षासम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
२। केन्द्रीय विश्‍वविद्यालयसम्बन्धी नीति, कानून र मापदण्डस
३। विदेशी विश्‍वविद्यालयसँगको सम्बन्धन, समकक्षता निर्धारण, प्रत्यायन ९एक्रिडिटेशन०, समन्वय तथा नियमनस
४। केन्द्रीय पुस्तकालयसम्बन्धी नीति, कानून र व्यवस्थापनस
५। मानव संसाधन आवश्यकता प्रक्षेपण, राष्ट्रिय शैक्षिक योजना एवं मानवस्रोत विकास योजनास
६। विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, मूल विषयको पाठ्यक्रम, नमुना पाठ्यपुस्तक र नियमनस
७। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको राष्ट्रिय नीति, पाठ्यक्रम प्रारूप, योग्यता निर्धारण, सीप परीक्षणको मापदण्डस
८। विद्यालय तहको शिक्षकको सेवा सर्त, योग्यता एवं समकक्षताको नीति र मापदण्डस
९। शिक्षक तालिमसम्बन्धी नीति, मापदण्ड र स्तरीकरण, पाठ्यक्रम प्रारूप, योग्यता निर्धारण, सीप परीक्षणको मापदण्ड तथा तालिम केन्द्रसँगको समन्वयस
१०। विद्यालय तहको परीक्षाको राष्ट्रिय मापदण्ड, माध्यमिक तहको परीक्षा व्यवस्थापन तथा समकक्षता निर्धारणस
११। कूटनीतिक नियोगबाट सम्बन्धन लिर्इ सञ्‍चालन हुने शैक्षिक संस्थाको स्वीकृतिस
१२। विदेशी शैक्षिक संस्थाबाट सम्बन्धन लिर्इ सञ्‍चालन हुने शैक्षिक संस्थाको स्वीकृति, प्रत्यायन तथा नियमनस
१३। प्रदेश तथा स्थानीय तहको शैक्षिक विषयमा समन्वयस
१४। विश्‍वविद्यालय अनुदान आयोग, केन्द्रीय विश्‍वविद्यालय, खुला विश्‍वविद्यालय र केन्द्रीयस्तरका शैक्षिक प्रतिष्ठानस
१५। छात्रवृत्ति र विद्वत्‌वृत्तिसम्बन्धी नीति र मापदण्डस
१६। शैक्षिक अध्ययन, अनुसन्धानको स्वीकृतिसम्बन्धी नीति, कानून र मापदण्डस
१७। राष्ट्रिय प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्याङ्क व्यवस्थापनस
१८। शैक्षिक गुणस्तर मानक निर्धारण, मापन तथा नियमनस
१९। राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्स
२०। विज्ञान प्रविधिसम्बन्धी नीति, कानून, मापदण्डस
२१। वैज्ञानिक, अन्तरिक्ष विज्ञान र खगोल विज्ञानसम्बन्धी अध्ययन तथा अनुसन्धानस
२२। विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवर्द्धन र विकासस
२३। विज्ञान प्रविधि विषयक तथ्याङ्क सङ्कलन, प्रशोधन र सर्वेक्षणको मापदण्डस
२४। पारमाणविक प्रविधि, रेडियोधर्मी पदार्थहरूको गुणस्तर तथा उपयोगसम्बन्धी तथ्याङ्क प्रणालीको स्थापना¸ व्यवस्थापन र नियमनस
२५। जैविक तथा पारमाणविक प्रविधिको उपयोग तथा प्रवर्द्धन, नियन्त्रण र नियमनस
२६। ओजोन अध्ययन, सौर्य विकीरण मापन तथा सूचना प्रवाहस
२७। वैज्ञानिक उपकरण क्यालिव्रेशन तथा प्रमाणीकरणस
२८। रासायनिक पदार्थको उपयोग तथा प्रवर्द्धन, नियन्त्रण र नियमनस
२९। पारमाणविक पदार्थ, बेवारिसे स्रोतहरूको खोज तथा पुनर्लाभ र व्यवस्थापनस
३०। आणविक ऊर्जासम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमनस
३१। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान, प्लानेटेरियम, वेधशाला र विज्ञान सङ्‍ग्रहालयस
३२। मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वयस
३३। मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्‍चालन र नियमनस
३४। नेपाल शिक्षा सेवाको सञ्चालन ९आर्कियोलजी समूहबाहेक० ।

१६। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
१। श्रम तथा रोजगारसम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
२। वैदेशिक रोजगारसम्बन्धी नीति, कानून, मापदण्ड, व्यवस्थापन र नियमनस
३। श्रमिक तथा कामदारको सामाजिक सुरक्षा र सामाजिक सुरक्षा कोष सञ्‍चालनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमनस
४। औद्योगिक विवाद समाधानस
५। रोजगारसम्बन्धी तथ्याङ्क, अध्ययन र अनुसन्धानस
६। श्रम तथा व्यवसायजन्य स्वास्थ्य सुरक्षा निरीक्षण र श्रम(सम्बन्धसम्बन्धी आयोगस
७। रोजगार उन्मुख सीपमूलक एवं व्यावसायिक तालिम नीतिस
imgimgimgimgimgimgimg